FAQs Complain Problems

हाम्रो तानसेन

Read More

तानसेन

Read More

रानीमहल

Read More

तानसेन नगर कार्यपालिका कार्यालय

Read More

शितल पार्टी , तानसेन

Read More

अर्गली दरबार ,ता.न.पा -१४

Read More

अमरनारायण मन्दिर, ता.न.पा -२

Read More

Night view - Tansen

Read More

भगवती मन्दिर

Read More

घटना दर्ता अभियान सफल पारौ

Read More

घटना दर्ता अभियान सफल पारौ

Read More

हाम्रो तानसेन

Read More

तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ

तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ  र ५०,४०५  जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।

आवास पुर्णनिर्माण तथा प्रवलिकरण संम्बन्धि तानसेन नगरपालिकाको प्रोफाइल

आ.व. २०७६ आवास पुर्णनिर्माण तथा प्रवलिकरण संम्बन्धि तानसेन नगरपालिकाको प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस 

तानसेन नगरपालिका नगर पाश्र्वचित्र,२०७५

तानसेन नगरपालिका नगर पाश्र्वचित्र,२०७५ डाउनलोड गर्ने यहाँ  क्लिक गर्नु होस् !!!

तानसेन नगरपालिकाको मोबाइल एप

तानसेन नगरपालिकाको मोबाइल एप  डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!! 

 

स्थानीय तहको एप डाउनलोड गरिसके पछी लुम्बिनी प्रदेश - पाल्पा जिल्ला र स्थानीय तह तानसेन नगरपालिका छनोट गर्नुहोला  ।

योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 

Pages

नगर प्रवक्ता

सूचना अधिकारि

भरत प्रसाद आचार्य
९८४७०२८३६८
bharatsuyog1@gmail.com /suchanaadhikari@tansenmun.gov.np

सेवाहरु

सेवा प्रकारः- दर्ता
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख / वडा कार्यालय सचिब
सेवा दिने कार्यालयः- तानसेन नगरपालिका कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- ५००/-
आवश्यक कागजातहरुः-
  • नागरिकता 
  • जग्गा धनि पुर्जा 
  • भाडामा भए मात्र सम्झौता पत्र 
  • फोटो 
  • सर्जिमिन मुचुल्का  
सेवा प्रकारः- सहकारी सम्बन्धी
सेवा समयः- तोकिएको नियम अनुसार
जिम्मेवार अधिकारीः- दुर्गा बहादुर थापा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

नियम अनुसारका कागजात 

Pages

जानकारी