FAQs Complain Problems

हाम्रो तानसेन

Read More

तानसेन

Read More

रानीमहल

Read More

तानसेन नगर कार्यपालिका कार्यालय

Read More

शितल पार्टी , तानसेन

Read More

अर्गली दरबार ,ता.न.पा -१४

Read More

अमरनारायण मन्दिर, ता.न.पा -२

Read More

Night view - Tansen

Read More

भगवती मन्दिर

Read More

घटना दर्ता अभियान सफल पारौ

Read More

घटना दर्ता अभियान सफल पारौ

Read More

तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ

तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी  प्रदेश  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ  र ५०,४०५  जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।

तानसेन नगरपालिकाको मोबाइल एप

तानसेन नगरपालिकाको मोबाइल एप  डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!! 

 

स्थानीय तहको एप डाउनलोड गरिसके पछी लुम्बिनी प्रदेश - पाल्पा जिल्ला र स्थानीय तह तानसेन नगरपालिका छनोट गर्नुहोला  ।

योजना सम्झौता गर्न आउँदा पेश गर्नुपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निवेदन 
  • उपभोक्ता समिति तथा अनुगमन समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारीहरुको  (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • निर्माणकार्यको लागि प्राबिधिकको लागतअनुमान 
  • सीप तथा क्षमता विकास कार्यक्रमको लागि प्रस्तावना पत्र (Proposal)
  • उपभोक्ता समिति  ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 

Pages

नगर प्रवक्ता

सूचना अधिकारि

भरत प्रसाद आचार्य
९८४७०२८३६८
bharatsuyog1@gmail.com /suchanaadhikari@tansenmun.gov.np

सेवाहरु

सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

क) टो.वि.स को नाम ,चौकील्ल़ा, कार्यसमिति ,घर धुरी  संख्या सहितको निर्णयको प्रतिलिपि 

ख) टोलको अध्यक्षले सिफारिस माग गरेको पत्रको प्रतिलिपि 

ग ) वडाको सिफारिस पत्र 

सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

क) निवेदन पत्र 

ख ) बिधान मस्यौदा 

ग ) पदाधिकारीहरुको नागरिकता प्रतिलिपि 

घ ) कर तिरेको रसिद 

ङ) सस्थाको निर्णय प्रतिलिपि 

च ) आवश्यकता अनुसार थप प्रमाण माग गर्न सकिने 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- नियमअनुसार
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षाको प्रकृति अनुसारको कागजातहरु 

सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

जो जस संग सम्बन्धित कागजातहरु 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-

क) बसाई सरी जाने सम्पूर्णको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र 

ख) बसाईसराइको मिति सम्मका सम्पूर्ण घटना दर्ताको प्रमाण पत्र 

ग ) बसाईसराइ गरी जाने ठाउँको लालपुर्जा वा आधिकारिक प्रमाण विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-

क) मृतक र सूचकको नागरिकताको प्रमाणपत्र 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-

क) पति पत्नीको नागरिकता प्रमाण पत्र 

ख ) फोटो 

ग ) पत्नीको नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणपत्र र बाबु आमाको नगरिकताको प्रमाण पत्र 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि २०० रुपैया
आवश्यक कागजातहरुः-

क) बुबा आमाको नागरिकता प्रमाणपत्र 

ख ) सूचकको नागरिकताको प्रमाणपत्र 

ग ) हस्पिटलमा जन्मेको खण्डमा Birth Certificate .

 

सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- हरेक महिनाको १ गते
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

नियम अनुसारको कागजपत्र 

सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- जोर बार कुहिने फोहोर / बिजोर बार नकुहिने फोहोरको संकलन
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

नियम आनुसारको कागजात 

Pages

जानकारी