FAQs Complain Problems

पाल्पा दरबार संग्राहलय

Read More

तानसेन

Read More

रानीमहल

Read More

तानसेन नगर कार्यपालिका कार्यालय

Read More

शितल पार्टी , तानसेन

Read More

अर्गली दरबार ,ता.न.पा -१४

Read More

अमरनारायण मन्दिर, ता.न.पा -२

Read More

Night view - Tansen

Read More

भगवती मन्दिर

Read More

तानसेन नगरपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ

तानसेन नगरपालिका प्रदेश नं ५  कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२  मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश  र ८३.३१  देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई १५ वटा वडा र हाल पुनर्संरचना पछि  १४ वटा वडा  रहेका छन । 

नगरको बृहत योजनाको अन्तिम मस्यौदा

नगरको बृहत योजनाको अन्तिम मस्यौदा यस वेब साइटमा राखिएको हुदा , उक्त  मस्यौदा अध्ययन गरि थप सुझाब तथा रायको लागि तानसेन नगरपालिकाको सुझाब पेटिका वा नगरपालिकाको आधिकारिक इमेल (info@tansenmu.gov.np /ito.tansenmun@gmail.com ) र  न.पाको  मोबाइल एपमा आफ्नो परिचय खुल्ने गरि मिति २०७६/१२/२२ गते सम्म  पठाई सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध छ । 

Pages

समाचार

सेवाहरु

सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

क) टो.वि.स को नाम ,चौकील्ल़ा, कार्यसमिति ,घर धुरी  संख्या सहितको निर्णयको प्रतिलिपि 

ख) टोलको अध्यक्षले सिफारिस माग गरेको पत्रको प्रतिलिपि 

ग ) वडाको सिफारिस पत्र 

सेवा प्रकारः- प्रशासन सम्बन्धी
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

क) निवेदन पत्र 

ख ) बिधान मस्यौदा 

ग ) पदाधिकारीहरुको नागरिकता प्रतिलिपि 

घ ) कर तिरेको रसिद 

ङ) सस्थाको निर्णय प्रतिलिपि 

च ) आवश्यकता अनुसार थप प्रमाण माग गर्न सकिने 

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- नियमअनुसार
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षाको प्रकृति अनुसारको कागजातहरु 

सेवा प्रकारः- दर्ता चलानी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

जो जस संग सम्बन्धित कागजातहरु 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि ५० रुपैया
आवश्यक कागजातहरुः-

क) बसाई सरी जाने सम्पूर्णको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र 

ख) बसाईसराइको मिति सम्मका सम्पूर्ण घटना दर्ताको प्रमाण पत्र 

ग ) बसाईसराइ गरी जाने ठाउँको लालपुर्जा वा आधिकारिक प्रमाण विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि ५० रुपैया
आवश्यक कागजातहरुः-

क) मृतक र सूचकको नागरिकताको प्रमाणपत्र 

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सबै कागजात प्राप्त भए सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन पछि ५० रुपैया
आवश्यक कागजातहरुः-

क) पति पत्नीको नागरिकता प्रमाण पत्र 

ख ) फोटो 

ग ) पत्नीको नागरिकता नबनेको हकमा जन्मदर्ता प्रमाणपत्र र बाबु आमाको नगरिकताको प्रमाण पत्र 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाअधिकारी (वडा सचिब )
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय /वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि ५० रुपैया
आवश्यक कागजातहरुः-

क) बुबा आमाको नागरिकता प्रमाणपत्र 

ख ) सूचकको नागरिकताको प्रमाणपत्र 

ग ) हस्पिटलमा जन्मेको खण्डमा Birth Certificate .

 

सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- हरेक महिनाको १ गते
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

नियम अनुसारको कागजपत्र 

सेवा प्रकारः- सामाजिक सेवा
सेवा समयः- जोर बार कुहिने फोहोर / बिजोर बार नकुहिने फोहोरको संकलन
जिम्मेवार अधिकारीः- शंकर भण्डारी
सेवा दिने कार्यालयः- तानसेन नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम अनुसारको दस्तुर
आवश्यक कागजातहरुः-

नियम आनुसारको कागजात 

Pages

जानकारी