तानसेन नगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाल्पा जिल्ला र हालको लुम्बिनी प्रदेशमा पर्दछ । नेपालको पुरानो नगरपालिकाको रूपमा तानसेन नगरपालिकाको स्थापना वि.सं. २००७ साल चैत्रमा ११ वडा कायम गरी भएको हो । वि.सं. २०४८ सालमा ४ वडा थप गरी यस नगरपालिकामा १५ वडा कायम गरिएको थियो । त्यसपछि संघीय संरचना अनुसार २०७३/११/२२ मा साविकका तानसेन नगरपालिकामा, वराङदीका (२–६), मदनपोखरा, तेल्घा, बन्दिपोखरा, बौघापोखराथोक,बौघागुम्हा र अर्गली गा.वि.स.हरू समावेस गरी तानसेन नगरपालिकाको नयाँ संरचनामा १४ वडा कायम गरिएको छ । सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रूद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यकोस्थापना गरेका थिए । त्यस समयमा पाल्पाका शक्तिशाली राजाको रूपमा चिनिने रूद्र सेनले पाल्पा राज्यको विस्तार गरी आफ्नो राज्यको राजधानी तानसेनलाई बनाएको पाइन्छ । तानसेन नगरपालिका लुम्बिनी प्रदेश कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहाँ स्थित सुन्दर श्रीनगरडाँडा १३७२ मिटरको उचाईमा रहेको छ । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७.५० ° उत्तर देखि २७.५३ °उत्तरी अक्षांश र ८३.३१ देखि ८३.३५ °पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिका १०९.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र ५०,४०५ जनसंख्या रहेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन ।
आ.व. २०७६ आवास पुर्णनिर्माण तथा प्रवलिकरण संम्बन्धि तानसेन नगरपालिकाको प्रोफाइल हेर्न यहाँ क्लिक गर्नुहोस
तानसेन नगरपालिका नगर पाश्र्वचित्र,२०७५ डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!!
तानसेन नगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने यहाँ क्लिक गर्नु होस् !!!
स्थानीय तहको एप डाउनलोड गरिसके पछी लुम्बिनी प्रदेश - पाल्पा जिल्ला र स्थानीय तह तानसेन नगरपालिका छनोट गर्नुहोला ।
Pages