लोकप्रिय विषय
तानसेन नगरपालिकाबाट एकिकृत घुम्ति शिविर संचालन
तानसेन नगरपालिकाबाट एकिकृत घुम्ति शिविर संचालन
। घरदैलोमै सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले २०८० साल चैत्र २६ गते तानसेन नगरपालिका वडा नं. १३ मा शिविर कार्यक्रम संचालन गरिएको छ ।
तानसेन नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष श्री टुक प्रसाद भटराईको अध्यक्षता, नगर प्रमुख श्री सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता , प्रमुख प्रशासकीय अधिकृत श्री हरिराम नागिलाल ज्यूको उपस्थितिमा शिविरको संयोजन एवं सहजिकरण तानसेन नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिको रुपमा वडा सदस्य गिता भट्टराई, चेत बहादुर थापा, कर्ण रेश्मी, बसुन्धरा दमाई वडास्तरका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका पमुख एवं प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजिवी सेवाग्राहि समेत ३७६ बढीको सहभागिता रहेको थियो ।
विषयगत रुपमा प्रदान गरिएका सेवाको निम्न अवस्था रहेको छ ।
पशु सेवा तर्फ
१०२ घरधुरीका ९५० पशु पंक्षीलाई सेवा प्रदान गरिएको छ ।
यस तर्फ जुका माटेको औषधी वितरण, ४ वटा गोवर नमूना परीक्षण, परामर्श सेवा
कृषि विकास सेवा तर्फ
१६३ घरधुरीलाई तरकारी विऊ वितरण, ११२ रोगीबालीको अवलोकन गरी वाली उपचार सेवा प्रदान गरिएको छ । कृषि परामर्श सेवा समेत प्रदान गरिएको छ ।
स्वास्थ्य सेवा तर्फ
५५ जनाको भीआइए परीक्षण, १२० जनाको स्वास्थ्य परीक्षण (३२ जनामा सुगर, ३१ जनामा उच्च रक्ताचाप) तथा उपचार र औषधि वितरण गरिएको छ । आगं खसेकाहरुको उपचार समेत गरिएको छ ।
जेष्ठ नागरिक परिचय पत्र वितरण तर्फ
महिला ३५ र पुरुष २५ गरी कुल ६२ जनालाई वितरण
मनोपरामर्श सेवा तर्फ
एन्जाइटी भएका ३ जनालाई परामर्श सेवा (७२ बर्षको १ पुरुष र ७० र ६३ बर्षको २ महिला)
घटना दर्ता अन्तर्गत
७ वटा जन्म दर्ता
बिबाह दर्ता १ वटा
सिफारिस अविवाहित पतिको नाम कायम नाता प्रमाणित गरि १० वटा
नेपाली नागरिकता प्रतिलिपी १८ वटा
सम्पत्ति तथा मालपोत कर संकलन रु ३३१०५