लोकप्रिय विषय
विश्व बैंकको आर्थिक सहयोगमा संचालित डुम्रेखोला ,सुन डाडा तेल्घा गुफा चौर ,गाउँन डाडा, सल्लाघारी, हुलुङ्गदि बाटो स्तरोन्नति आयोजनाको तानसेन नगरपालिका र Vedanshee Infrastructure Pvt.ltd बिच सम्झौता
विश्व बैंकको आर्थिक सहयोगमा संचालित डुम्रेखोला ,सुन डाडा तेल्घा गुफा चौर ,गाउँन डाडा, सल्लाघारी, हुलुङ्गदि बाटो स्तरोन्नति आयोजनाको तानसेन नगरपालिका र Vedanshee Infrastructure Pvt.ltd बिच सम्झौता भएको छ । नगर प्रमुख , उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत ,वडा अध्यक्ष योजना शाखा प्रमुख , पुर्वाधार शाखा प्रमुखको उपस्थितिमा यस आयोजनाको सम्झौता भएको हो ।आयोजनाको कुल सम्झौता रकम रु ४५७६८३०८४.७७रहेको छ भने आयोजनाको सम्झौता बमोजिमको कार्य सकिन १३ महिना लाग्नेछ । यस आयोजना बाट करिब ६.८ किमि सडकको कार्य हुने र मुख्य कार्यहरुमा Asphalt concrete , PCC WORK र Plumb Concrete work रहने छ्न ।