समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (November 25 - December 10)
"लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार "
भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (November 25 - December 10) २०१८ को अवसरमा मिति २०७५ /०८ /१० गते तानसेन नगरपालिका द्वारा न्यायिक समितिका सदस्य ,कार्यपालिकाका महिला सदस्य तथा वडा महिला सदस्यहरु लाइ समावेश गरि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।
उक्त कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको प्रतिवद्धता स्वरूप तानसेन नगरपालिका नगर प्रमुख अशोककुमार शाही द्वारा सेतो रिवन वितरण गरि उद्घाटन गर्नुभएको थियो ।
नगर प्रमुख अशोककुमार शाहीको अध्यक्षता भएको उक्त कार्यक्रममा महिला विकास अधिकृत शारदा भट्टराईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य दिनु भएको थियो , भने शुभकामना मन्तब्य नि. प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालले दिनु भएको थियो । साथै कार्यक्रममा तानसेन नगरपालिकाका वडा अध्यक्ष , कर्मचारी लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।