FAQs Complain Problems

RaniMahal Tansen transferred to the city government

पाल्पा, तानसेन नगरपालिका– १३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको छ । 
साउन १० गते मन्त्रालयमा आयोजित समारोहबीच पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई रानीमहल हस्तान्तरणको सहमति पत्र प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ । पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा तानसेन नगरपालिकाले कालीतटमा रहेको रानीमहल क्षेत्रको विकासका लागि योजनासहित अघि बढ्ने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भएको छ ।