FAQs Complain Problems

सहकारीका पदाधिकारीहरुसँग अन्तक्र्रियात्मक बैठक सम्पन्न

सहकारीका पदाधिकारीहरुसँग अन्तक्र्रियात्मक बैठक सम्पन्न

तानसेन नगरपालिका, पाल्पाको आयोजनामा तानसेन नगरपालिका क्षेत्रमा संचालित सहकारीका पदाधिकारीहरुसंग परिचयात्मक एवं अन्तक्र्रियात्मक बैठकमिति २०७५ मंसीर २७  गते तानसेनमा सम्पन्न भएको छ । नगरपालिकालाई संवैधानिक व्यवस्था, स्थानीय सरकार संचालन ऐन, २०७४को प्रावधान बमोजीम नगर क्षेत्र भित्र कार्यक्षेत्र रहने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन गर्ने अधिकार प्राप्ती पश्चात नगर क्षेत्र भित्र भएका सहकारी गतिविधिहरुको बारेमा जानकारी आदान प्रदान र छलफल अन्तक्र्रिया गर्ने उद्देश्यले पहिलो पटक यो बैठकको आयोजना गरिएको हो ।


नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको बैठकमा नगर उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेल, नगरपालिकाका प्रवक्ता दामोदर घिमिरे, लेखा प्रमुख दिवाकर अर्याल, बरिष्ठ अधिकृत दुर्गा बहादुर थापा, शाखा अधिकृत भरत आचार्य, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगदीश भट्टराई, तानसेन नगरपालिका स्थित ४५ सहकारी संस्थाका अध्यक्षहरु, सहकारी पदाधिकारी तथा व्यवस्थापक लगायत सम्वन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई नगर उप प्रमुख लक्ष्मीदेवी पाठकले स्वागत गर्नुभएको थियो । 


विषयगत शत्रमा प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेल र बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले सहकारी नियमन, नगरस्तरमा मौजुदा संस्थाहरू र अभिलेख हस्तान्तरण, सहकारीताको क्षेत्रमा संवैधानिक व्यवस्था, स्थानीय सरकार संचालन ऐन, २०७४ को प्रावधान, स्थानीय सरकारको सहकारी नियमन क्षेत्राधिकार, संघीय संरचनामा सहकारी नियमन तथा क्षेत्राधिकारको सीमाङ्कन, सहकारीको प्रवद्र्धन र विकासमा नगर सरकारको भूमिका, सहकारी संस्थाहरुले ध्यान दिनु पर्ने पक्षहरु, अभिलेख हस्तान्तरण, तानसेन न.पा.मा रहेका विषयगतसहकारी संस्थाहरु र वित्तीय अवस्था, सहकारी संस्थाहरुको लेखा परीक्षण तथा साधारण सभा, सहकारी संस्थाहरुमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमाविषयगत प्रस्तुति गर्नु भएको थियो । बैठकमा सहकारी संस्थाका पदाधिकारीहरुबाट नगरस्तरमा सहकारीताको विकास र प्रवद्र्धनको लागि गर्नुपर्ने विभिन्न कार्यहरु र सवालहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुखबाट बैठकलाई सम्वोधन गर्दै सहकारीलाई जीवनशैलीको रुपमा अपनाउन सक्नु पर्ने, सहकारी अभियान मार्फत युवाहरुलाई स्वरोजगार बनाउने, दीर्घकालिन सोच, योजना र क्षमता अभिवृद्धि मार्फत नगर क्षेत्रको सहकारीहरु नमूनामुलक रुपमा अगाडी बढन आह्वान गर्दै राज्यले प्राथपमकता दिएको सहकारी क्षेत्रमा संघबाट श्रोत साधन र जनशक्ति व्यवस्थापन नहुँदा चुनौति रहेको र यसको व्यवस्थापन गर्दै तानसेन नगरपालकाकोसहकारी विकासको लागि नगरपालिकालाई अत्यन्तै गहन सुझावहरु प्राप्त भएकोमा त्यसलाई सम्वोधन गर्दै नगरसरकारले आफ्नो दायित्व निर्वाह गर्ने बताउनु भयो ।