समाचार
तानसेन नगरपालिकाका वडा नं ९मा अनलाईन सफ्टवेयर मार्फत राजश्व संकलन सुरुवात
तानसेन नगरपालिकाका वडा नं ९मा अनलाईन सफ्टवेयर मार्फत राजश्व संकलन सुरुवात
तानसेन नगरपालिका द्धारा ता.न.पा वडा नं ९ मा पाल्पा जिल्लाका वडा कार्यालयहरुमध्ये जिल्लामै पहिलो पटक अनलाईन सफ्टवेयर मार्फत राजश्व संकलन सरुवात भएको छ ।
तानसेन नगपालिका वडा नं ९ दमकडा मा आयोजित राजश्व संकलन कार्यक्रम उद्दघाटन गर्नुहुदै नगर प्रमुख अशोक कुमार शाहीले जिल्लामै उदारहणीय कार्य सम्पन्न गर्नमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले नगरलाई सुचना प्रविधि युक्त बनाउने लक्ष्य अनुरुप कार्यसम्पादन गर्नमा अतुलनिय सहयोग पुर्याउनुहुने नगरपालिका कार्यालयका राजश्व अधिकृत मधुसुदन धर्ति, नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रकाश गैरे प्रति विशेष आभार प्रकट गर्नुभएको थियो । यस प्रविधि मार्फत सम्पति कर, व्यवसाय कर, सरसफाई कर लगातका नगरपालिका द्धारा प्रदान गरिने घटना दर्ता सम्मका विभिन्न सेवाहरु लिन सकिने एवं तानसेन नगपालिकाका अन्य वडा कार्यलयहरुमा सेमत यस प्रविधिको जडान कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । आगामी दिनहरुमा अनलाईन मार्फत घरमै बसेर मोबाईल ल्यापटपको सहायतामा नगरपालिका द्धारा प्रदान गरिने सेवाहरु एवं करहरु जानकरी तथा भुक्तानी समेत गर्न मिल्ने प्रविधिको समेत व्यवस्थापन गर्ने योजनमा तानसेन नगरपालिका लागेको बताउनुभयो ।
नगर प्रमुख अशोक कुमार शाहीको प्रमुख अध्यक्षता, उप प्रमुख लक्ष्मी देवि पाठकको विशिष्ठ आथित्यता मा सम्पन्न कार्यक्रममा पुर्व जि. वि. स सभापती प्रेमनाथ बस्याल, वडा नं ९ का वडा अध्यक्ष हरि सुमर रेग्मी, वडा सदस्य विनिता लुुईटेल, दमकडा मा. वि का प्रमुख मोहन प्रसाद सापकोटा, माण्डव्य बहुमुखी का क्याम्पस प्रमुख प्रेमराज पंगेनी, वागखोला सामुदायिक बन का अध्यक्ष बेद प्रसाद सुवेदी, नमुना टोल विकास संस्थाका संयोजक तारा बहादुर थापा, दमकडा मा.विका पूर्व प्रमुख श्रीधर प्र घिमिरे सहित विभिन्न महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकोे सो कार्यक्रमको संचालन वडा सचिव टंक प्रसाद भटृराई ले गर्नुभएको थियो ।