1 of 19

" तानसेनको गौरब, शिक्षा, स्वास्थ्य,पर्यटन, कला र पौरख "

तानसेन नगरपालिकाको वेबसाइटमा यहाहरुलाई स्वागत छ

तानसेन नगरपालिका लुम्बिनी अञ्चल कै एतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहा स्थित सुन्दर श्रीनगरडाँडा १३३१ मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुँवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७० ५०' उत्तर देखि २७० ५३' उत्तरी आक्षांस र ८३० ३१'पुर्व देखि ८३०३५' पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले १०९‍.८ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा बगनासकाली गा.पा. , पश्चिममा रिब्दीकोट गा.पा, उत्तरमास्याङ्गजा जिल्ला र दक्षिणमा तिनाउ गा.पा. रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई १५ वटा वडा र हाल पुनर्संरचना पछि  १४ वटा वडा  रहेका छन । 

योजनाको बैंक खाता खोल्दा आवश्यकपर्ने कागजातहरु

  • उपभोक्ता समितिको निर्णयको प्रतिलिपि 
  • उपभोक्ता समितिको निवेदन
  • दस्तखत नमुना कार्ड ( अध्यक्ष ,सचिव ,कोषाध्यक्षको संयुक्त दस्तखत )
  • एक -एक  प्रति फोटो 
  • उपभोक्ता समितिको छाप 
  • नागरिकताको  फोटोकपी  

योजनाको रकम माग गर्ने बेला पेश गर्नुपर्ने कागजातहरु

  • खर्च सार्वजनिकगरि सो को प्रतिलिपि 
  • खर्चको सम्पूर्ण बिल भरपाई
  • अनुगमन समितिको सिफारिस 
  • उपभोक्ता समितिको निर्णय 
  • रकम मागको  निवेदन 
  • रु ३,००,००० (तिन लाख )  भन्दा माथिका  योजनाहरुमा अनिवार्य रुपमा होडिंङ्ग बोर्ड लगाइएको हुनुपर्ने  र त्यो सहितको योजनाको फोटो  समेत सलग्न राखिएको हुनुपर्ने  

योजना सम्झौता गर्न आउदा पेश गर्नुपर्ने कागजातहरु र महत्वपूर्ण जानकारी

  • उपभोक्ता समिति गठन गर्दा बसेको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता  समितिका पदाधिकारी हरु (अध्यक्ष ,सचिब ,कोषाध्यक्ष ) नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • उपभोक्ता समिति मा ७-११  सदस्यीय हुनुपर्ने 
  • अध्यक्ष ,सचिब ,कोषाध्यक्ष मध्ये  १ पद  सहित कम्तिमा ३३ प्रतिशत  महिला हुनुपर्ने 
  • आनुगमन समितिमा कम्तिमा एक महिला सहित ५ सदस्यीय हुनुपर्ने 
  • उपभोक्ता  समितिको बैठक बसी सम्झौताका लागि र बैक खाता खोल्ने निर्णय गरेको निर्णयको प्रतिलिपि 

योजना फछ्र्यौटको लागि पेश गर्नुपर्ने कागजातहरु

क) योजना सम्पन्न पश्च्यात आम उपभोक्ता भेला गराई उपभोक्ता भेलाबाट पारित आम्दानी खर्च को  सार्वजनिक परिक्षण फारम , खर्च सार्वजनिक फारम पेश गर्नु पर्नेछ । 

ख)  अनुगमन समितिको निर्णय प्रतिलिपि  तथा  सिफारिस फारम  भरि पेश  गर्नु पर्नेछ । 

ग ) खर्च  भएको रकमको  प्रमाणित  बिल भरपाई , प्रमाणित डोर हाजिरा फाराम ,सहित अन्य  कागजात पेश  गर्नुपर्नेछ । 

घ ) उपभोक्ता समितिको कार्य सम्पन्नको निर्णय प्रतिलिपि , योजना संग सम्बन्धित  फोटो  सलग्न गर्नु पर्नेछ । 

ङ) प्राबिधिकको अन्तिम  मूल्यांकन तथा कार्य सम्पन्न प्रतिबेदन पेश गर्नु पर्नेछ । 

Pages