FAQs Complain Problems

 चिनिया भ्रमण टोलीको स्वागत कार्यक्रम सम्पन्न

    

 मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीन र तानसेन नगर प्रमुख अशोककुमार शाहीद्वारा यहि मिति २०७५ असार ७ गते दुई नगरबीच सौहार्दपूर्ण बातावरणमा भेटघाट एवं अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । असार ६ र ७ गते लुसान नगरबाट कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा काठमाडौं, लुम्बिनी हुँदै तानसेन आएको चिनिया टोलीको सम्मानमा तानसेनस्थित होटल श्रीनगरमा असार ६ गते आयोजित स्वागत कार्यक्रममा दुबै नगरका मेयरले अन्र्तसम्बन्धबारे आआफ्ना कुरा राख्नुभएको थियो । तानसेन नगरमा पाल्नुभएका अतिथिहरुको स्वगत सम्मानमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो भने कार्यकारी मेयर ची लुन पीन लाई तानसेन नगर प्रमुख अशोक कुमार शाहीले सम्मान स्वरुप पाल्पाली ढाका टोपी, खादा र मालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुदै नगर प्रमुख शाहीले भ्रमण उपलव्धिमूलक र सुखद रहोस भन्ने कामनासहित यो भेटको लागि भ्रमण टोलीका प्रमुख लगायत सम्पूर्ण पाहुनालाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गर्नुभएको थियो । एवं कार्यक्रमको लागि समन्वयपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमका संयोजक डा सागर न्यौपाने व्यवस्थापनको कार्यमा तानसेन नगरपालिकाबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत कृतन राज पैडेल लगायत सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।    

 विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन  तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापा एवं तानसेनको परिचय योजना अधिकृत विष्णु पौडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा भ्रमणटोलीका संयोजक डा. सागर न्यौपाने लगायतले विभिन्न समसामायिक विषयमा प्रकाश पार्नुभएको थियो साथै सो कार्यक्रममा धन्यवाद ज्ञापन तानसेन नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले गर्नुहुदै कार्यक्रमको समापन गर्नुभएको थियो ।