FAQs Complain Problems

३ नं. वडा कार्यालय समुद्घाटन कार्यक्रम

३ नं. वडा कार्यालय समुद्घाटन कार्यक्रम

  मिति २०७५ मंसिर १४ गतेका दिन तानसेन नगरपालिका ३ नं.वडा कार्यालयको समुद्घाटन कार्यक्रम उक्त वडाको वसन्तपूर टोलमामा रहेको वडा भवनमा सम्पन्न भएको छ । सविक ता.न.पा. वडा नं. ५, ६ र ८  वडा मिलेर सिंगो ३ नं. वडा बनेकोले,  ३ वटा दिप प्रज्वलन गरी सोही दिपबाट एउटा मूलदिप जलाएर एउटै वडा वनेको कुरालाई अभिव्यक्त गर्दै कार्यक्रमको उद्घाटन प्रमुख अतिथि यसै तानसेन नगरपालिकाका नगर-प्रमुख श्री अशोक कुमार शाही ज्यूले गर्नु भएको थियो ।

उक्त कार्यक्रमको  अध्यक्षता तानसेन नगरपालिका वडा नं.३ का वडा अध्यक्ष श्री महेश लाल शाक्यले गर्नु भएको थियो भने ता.न.पा.का उप-प्रमुख श्री लक्ष्मीदेवी पाठक विशिष्ठ अतिथी रुपमा रहनु भएको थियो ।उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा-सदस्य श्री प्रेम बहादुर मल्लले दिनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सचिव श्री अजयमान कर्माचार्यले तानसेन नगरपालिकाको सकारात्मक कार्यमा समर्थन रहेको कुरा व्यक्त गर्नुभयो,कार्यक्रममा ता.न.पा. ६ नं वडा-अध्यक्ष श्री सागरमान महर्जन साथै ता.न.पा.कार्यपालिका सदस्य दिपक वि.क,शशि श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

यस समुद्घाटन कार्यक्रममा नेपाल भारत मैत्री संघ पाल्पाका केन्द्रिय सदस्य धनिश्वर बस्याल, बुद्धिजीवी तथा समाज सेवी आलोक राज शाक्य ,पत्रकार कृष्ण पोख्रेल जे.भि.टि.का प्र.अ मेघराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथी नगर प्रमुख ज्यूले तानसेन नगरपालिकाको समग्र बिकास र क्रियाकलापको बारेमा प्रष्ट पार्नु भयो।यस कार्यक्रमको समापन वडा अध्यक्ष महेशलाल शाक्य ज्यूले गर्नु भयो,भने कार्यक्रमको संचालन वडा सचिब मिरा क्षेत्रीले गर्नु भएको थियो ।