"तानसेनको गौरब, शिक्षा, स्वास्थ्य पर्यटन, कला र पौरख"

तानसेन नगरपालिकाको वेबसाइटमा यहाहरुलाई स्वागत छ

तानसेन नगरपालिका लुम्बिनी अञ्चल कै एतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा रहेको पाल्पा जिल्लाको सदरमुकाम हो । यहा स्थित सुन्दर श्रीनगरडाँडा १३३१ मिटरको उचाईमा रहेको छ । तानसेन नगरपालिका क्षेत्रभित्र धेरै धारा र कुँवा रहेका छन । होलङ्गदी खोला,गुरुजुधारा,तीनधारा र नारायणस्थान मुख्य धारा हुन् । यो बुटवल देखि ३९ कि.मी. र काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको छ । यसको भौगोलिक अवस्थिति २७० ५०' उत्तर देखि २७० ५३' उत्तरी आक्षांस र ८३० ३१'पुर्व देखि ८३०३५' पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले २३.५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा चापपानी र दक्षिणमा मदनपोखरा तथा तेल्घा गा.वि.स रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन । तानसेन नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ साल चैतमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोमा २०४९ साल देखि ४ वटा वडा थप भई हाल १५ वटा वडा रहेका छन । 

Pages